logo
२०८१ बैशाख १३ बिहीवार



सुदूरपश्चिम प्रदेश काँग्रेस सभापतिमा बलायर विजयी

मुख्य समाचार |
राजनीति |


सुदूरपश्चिम प्रदेश काँग्रेस सभापतिमा बलायर विजयी


कृतबहादुर विष्ट

कैलाली, मंङ्सिर,१९ गते। काँग्रेस सुदूरपश्चिमको प्रदेशको प्रथम महाधिवेशनबाट सभापतिमा वीरबहादुर बलायर विजयी हुनुभएको छ । कुल खसेको १ हजार ३ मतमध्ये बलायर ६ सय ८८ मतसहित विजयी हुनुभएको हो ।

संस्थापन पक्षबाट सभापति उम्मेदवार बन्नुभएका बरायरले नारायणदत्त मिश्रलाई ४ सय ८ मतले पराजित गर्नुभएको हो । मिश्राले २ सय ८० मत मात्र प्राप्त गर्नु भएको छ । बलायर नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व भौतिक मन्त्रीसमेत हुनुहुन्छ ।

यस्तै उपसभापतिमा संस्थापन पक्षका जनकराज चौधरी ६ सय १०, लोकराज अवस्थी ५ सय २३, महामन्त्रीमा नरनारायण शाह (मनु) ६ सय ४८, मेघराज खड्का ६ सय ३५, सह–महामन्त्रीमा गोपालदत्त भट्ट ५ सय २९, चिन्तामणि भट्ट ५ सय ३३ र अम्बिका कुमारी चलाउनले ६ सय ८६ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

सुदूरपश्चि प्रदेश अधिवेशनको लागि १ हजार २६ मतदाता रहेका थिए । प्रदेश सदस्यको मतगणना भने जारी रहेको निर्वाचन समितिले जनाएको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?