logo
२०८१ जेष्ठ ४ शुक्रवार

  दृश्य समाचार  



भृकुटीमण्डपमा कांग्रेस महाधिवेशनको अन्तिम तयारी

मुख्य समाचार |
भिडियो |


भृकुटीमण्डपमा कांग्रेस महाधिवेशनको अन्तिम तयारी


सपना थामी र मनोजरत्न शाही 
काठमाडौं, मङ्सिर २३ गते । नेपाली काँग्रेसको १४ औं केन्द्रीय महाधिवेशनको उद्घाटन शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ । काँग्रेस महाधिवेशनमा देश, विदेशबाट आउनु हुने चार हजार सात सय प्रतिनिधिसहित स्वयम्सेवक र सर्वसाधारण गरी करिब ५ देखि ६ हजारको सहभागिता हुनेगरी भृकुटीमण्डप परिसर तयारी अवस्थामा रहेको काठमाडौंको सभापतिसमेत रहनुभएका मञ्च व्यवस्थापन समितिका संयोजक सबुज बाँनियाले जानकारी दिनुभयो । बाँनियाको संयोजकत्वमा रहेको समितिमा ललितपुर र भक्तपुर जिल्ला सभापतिको पनि सहभागिता रहेकाे छ ।

कोरोना जस्तै संक्रामक रोगलाई मध्यनजर गर्दै एकैस्थलमा भीड हुन नदिन र सामाजिक दूरी कायम गरी महाधिवेशनस्थलमा सहभागी हुन प्रदर्शनीमार्गस्थित सडकमा दायाँ र बायाँ र अन्य स्थानमा पनि डिजिटल स्क्रिन राखिएको उहाँको बताउनुभयो । महाधिवेशनमा लाखाैँकाे सङ्ख्यामा नेता तथा कार्यकर्ताको उपस्थिति रहनेछ । यसबाहेक महाधिवेशनस्थलमा हेल्थ डेस्क, मास्क, स्यानिटाइजर, स्वास्थ्यकर्मी तैनाथ अवस्थामा रहनुहुने जनाइएको छ ।

महाधिवेशनको औपचारिक उद्घाटन सत्र शुक्रबार दिउँसो १ बजेदेखि ४ बजेसम्म चल्नेछ । सो समयमा प्रदर्शनीमार्गमा अन्य सवारी साधानको आवातजावत बन्द हुने छ । महाधिवेशनको मञ्च निर्माणलगायत सम्पूर्ण लागतको विषयमा काँग्रेस केन्द्रीय कार्यालयले तय गरेको बाँनियाकाे भनाइ छ ।

यससहित राष्ट्रियसभा गृह, भृकुटीमण्डप र बन्दसत्र हुने स्थलमा मतदानस्थल रहने जनाइएको छ । महाधिवेशनमा ठूलो संख्यामा जनसहभागिता रहने हुँदा सबैलाई सहज हुने दृष्टिकोणबाट काठमाडौंको भृकुटीमण्डप रोजिएको उहाँ बताउनुहुन्छ । काँग्रेसको १४ औं केन्द्रीय महाधिवेशनको झण्डा, ब्यानर र स्वागतद्वारले काठमाडौंको भृकुटीमण्डप परिसर सजिएको छ । काँग्रेस महाधिवेशनको आर्थिक सम्बन्धमा भने सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई जिम्मा दिइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?