logo
२०८० चैत्र १५ बिहीवार



मतगणना सम्पन्न देउवालाई २२५८, कोइरालालाई १७२९मत प्राप्त, कसैकाे बहुमत पुगेन

मुख्य समाचार |
राष्ट्रिय |


मतगणना सम्पन्न देउवालाई २२५८, कोइरालालाई १७२९मत प्राप्त, कसैकाे बहुमत पुगेन


काठमाडौं मङ्सिर २८ गते । नेपाली काँग्रेसको १४औं महाधिवेशनको पदाधिकारी चयनका लागि भएको मतदानमा सभापति पदका उम्मेदवारको जारी मतगणनामा कसैलाइ पनि बहुमत प्राप्त भएन ।
पछिल्लो विवरण अनुसार जम्मा चारहजार ६८१ मतगणनामा शेरबहादुर देउवा २२५८, शेखर कोइराला १७२९ मत प्राप्त भएको छ । प्रकाशमान सिंह ३७१, विमलेन्द्र निधि २४९, कल्याण गुरुङले २० मत प्राप्त गर्नुभएको छ । मतदानमा ७७ मत बदर भएकाे छ । 

काँग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुनेछ । पहिलोपटक कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएकाले अब पुनः दोस्रो चरणको मतदान हुने भएको छ । पुनः मतदान हुँदा बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ । काँग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३२ पदका लागि मतदान भएको थियो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?