logo
२०८१ जेष्ठ ४ शुक्रवार



प्रकाशमान सिंहकाे समर्थन शेरबहादुर देउवालाई

मुख्य समाचार |


प्रकाशमान  सिंहकाे समर्थन शेरबहादुर देउवालाई


 
काठमाडौं, मङ्सिर २८ गते । सत्तारुढ दल नेपाली काँग्रेसकाे केन्द्रीय महाधिवेशनकाे प्रक्रिया अन्तर्गत पहिलो चरणमा सभापतिमा तेस्रो स्थान हासिल गर्नुभएको नेता प्रकाशमान सिंहले शेरबहादुर देउवालाई समर्थन गर्ने बताउनुभएको छ ।
काँग्रेसकाे पहिलो चरणमा प्रथम स्थान प्राप्त गर्नुभएका प्रधानमन्त्री देउवा मङ्गलबार बिहान छलफलका लागि सिंह निवास चाक्सिबारीमा पुग्नुभएकाे थियाे ।
छलफलपछि सञ्चारकर्मीसँग बाेल्नुहुँदै सिंहले आफू पक्षकाे समर्थन देउवालाई रहेकाे बताउनुभएको हाे । प्रधानमन्त्री देउवाले नेता सिंहलाई सदिच्छाका लागि धन्यवाद दिनुभएको छ ।
दृश्य समाचारकाे लागि तलकाे लिंकमा क्लिक गर्नुहाेला ।
 
 
 
 
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?