logo
२०८१ मंसिर ९ आईतवार



दाेस्राे चरणकाे निर्वाचनमा प्रम देउवाले गर्नुभयो मतदान

मुख्य समाचार |
राजनीति |


दाेस्राे चरणकाे निर्वाचनमा प्रम देउवाले गर्नुभयो मतदान
फाइल तस्बिर


काठमाडौं, मङ्सिर २८ गते । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सभापति पदको दोस्रो चरणको मतदान सुरु भएको छ । मंगलबार दिउँसो साढे ३ बजेबाट मतदान सुरु भएको हो । मतदान सुरु भए लगत्तै प्रधानमन्त्री समेत रहनुभएका सभापति उम्मेदवार शेरबहादुर देउवाले मतदान गर्नुभएको छ ।

सभापति पदको दोस्रो चरणको मतदानमा प्रधानमन्त्री समेत रहनुभएको देउवा र डा. शेखर कोइरालाबीच प्रतिस्पर्धा हुँदैछ ।

पहिलो चरणमा देउवाले २२ सय ५८ मत ल्याउनुभएको थियो भने उहाँका प्रतिस्पर्धी कोइरालाले १७ सय दुई मत ल्याउनुभएको थियो । कुल चार हजार ६९१ मतमध्ये चार हजार ६७९ मत खसेको थियो ।

काँग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुनेछ । पहिलोपटक कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएकाले अब पुनः दोस्रो चरणको मतदान सुरु भएको हो ।

पुनः मतदान हुँदा बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ । काँग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३२ पदका लागि मतदान भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?