logo
२०८१ मंसिर ९ आईतवार



काँग्रेस सभापतिको दोस्रो चरणको मतदान : चार हजार मत खस्यो

मुख्य समाचार |
राजनीति |


काँग्रेस सभापतिको दोस्रो चरणको मतदान : चार हजार मत खस्यो
तस्बिर सुजन गुरुङ


काठमाडौं, मंसिर २८ गते । सत्तारुढ दल नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत मंगलबार जारी सभापतिमा दोस्रो चरणको मतदान प्रक्रियामा ६: ३० बजेसम्म हजार मत खसेको छ ।

केन्द्रीय निर्वाचन समितिका सचिव एवम् अधिवक्ता केशव रिजालले हालसम्म करिब चार हजारको हाराहारीमा मत खसेको जानकारी दिनुभयो । ‘अब ५, ६ सयको मतदान हुन बाँकी छ । हामी समयमै मतदान प्रक्रिया सक्छौं’, रिजालले भन्नुभयो ।

काँग्रेसको दोस्रो चरणमा सभापतिका लागि पहिलो चरणमा सबैभन्दा बढी मत ल्याउनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच प्रतिस्पर्धा भएको हो । पहिलो चरणमा सभापति पदमा उम्मेदवारी दिनुभएका प्रकाशमान सिंह, बिमलेन्द्र निधि र कल्याण गुरुङले प्रधानमन्त्री देउवालाई नै समर्थन गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?