logo
२०८१ मंसिर ९ आईतवार



२४ सय मतगणना : देउवा १४२२, कोइराला ९५९, बदर मत १८

मुख्य समाचार |
राजनीति |


२४ सय मतगणना :  देउवा १४२२, कोइराला ९५९, बदर मत १८


अशोक अधिकारी
काठमाडौं, मङ्सिर २९ गते । सत्तारुढ दल नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत दोस्रो चरणमा भएको मतदानको मतगणना जारी छ ।

राष्ट्रियसभा गृहमा जारीे मतगणनामा बुधबार बिहान साढे २ बजेसम्म २४ सय मतगणना भएको छ । जसका देशबहादुर देउवाले १४ सय २२ र डा. शेखर कोइरालाले ९५९ मत प्राप्त गर्नुभएको छ । त्यस्तै १८ मत बदर भएको छ ।

पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको मतदानमा गएको हो । दोस्रो चरणको मतदानमा चार हजार ५६३ मत खसेको थियो । सभापतिका लागि तीन वटा ट्यांकीमा मत खसालिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?