काठमाडौँ, पुस १ गते । नेपाली काँग्रेसको महामन्त्री पदमा गगन थापा र विश्वप्रकाश शर्माले अग्रता कायम राख्नुभएको छ । १४ औँ महाधिवेशन अन्तर्गत ३१ सय २० मतगणना हुँदा गगन थापाले दुई हजार ३७ मत प्राप्त गर्नुभएको हो भने विश्वप्रकाश शर्माले १२ सय ५५ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी तेस्रो स्थानमा रहनुभएका डा. प्रकाशशरण महतले एक हजार २४ मत प्राप्त गर्नुभएको छ भने प्रदीप पौडेलले ९३५ मत प्राप्त गर्नुभएको छ । महामन्त्रीका अर्का प्रत्याशी मीनेन्द्र रिजालले ५४६ मत ल्याउनु भएकाे छ भने राजाराम कार्कीले ७५ मत मात्र प्राप्त गर्नुभएको छ ।
काँग्रेस विधान अनुसार दुई जना महामन्त्री निर्वाचित हुनुहुनेछ । अहिलेसम्मको मत हेर्दा थापा र शर्माले जित्ने देखिएको छ ।