logo
२०८१ मंसिर ९ आईतवार



मुस्लिमतर्फ सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर निर्वाचित

मुख्य समाचार |
राजनीति |


मुस्लिमतर्फ सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर निर्वाचित


काठमाडौं, पुस २ गते । नेपाली काँग्रेसको सहमहामन्त्रीमा मुस्लिमतर्फ फरमुल्लाह मन्सुर निर्वाचित हुनुभएको छ ।

काँग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव अधिवक्ता केशव रिजालले सहमहामन्त्रीमा मुस्लिमतर्फ मन्सुर निर्वाचित भएको जानकारी दिनुभयो । यद्यपी, औपचारिक घोषणा हुन भने बाँकी रहेको सचिव रिजालले बताउनुभयो ।

शुक्रबार बिहान काँग्रेसको केन्द्रीय पार्टी कार्यालयमा सानेपामा जारी मतगणनामा शेख वकिललाई पराजित गर्दै फरमुल्लाह निर्वाचित हुनभएको हो ।

सानेपामा आज मुस्लिम, मधेशी, खस, थारु र पिछडिएका क्षेत्रबाट सहमहामन्त्री पदको मतगणना भएको हो ।

यसअघि बिहीबार सहमहामन्त्रीमा महिला खुलातर्फ डिना (महालक्ष्मी) उपाध्याय, दलिततर्फ जीवन परियार र आदिवासी जनजातीतर्फ भीष्मराज आङ्देम्बे निर्वाचित भइसक्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?