काठमाडौं, पुष ४ गते । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय संसदको गतिरोध अन्त्यका लागि बोलाउनुभएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले बाहेकका सबै दलहरु सहभागी भएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।
बैठकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल लगायत जनता समाजवजादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुको उपस्थिति रहेको देउवाले जानकारी दिनुभयो ।