काठमाडौं, पुस ४ गते । सत्तारुढ दल नेपाली काँग्रेसको १४ औं केन्द्रीय महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यको खुलातर्फको ३५ पदका लागि ९९ जनाबीच भएको प्रतिस्पर्धामा मतगणना जारी छ ।
आइतबार साँझ ५ बजेसम्म ३५ सय ९५ मत गणना हुँदा डा. शशाङ्क कोइराला अग्रस्थानमा हुनुहुन्छ । उहाँले २९ सय ४० मत प्राप्त गर्नुभएको छ । दोस्रो स्थानमा रहनुभएका एनपी साउदले २२ सय ६१ र गृहमन्त्रीसमेत रहनुभएका बालकृष्ण खाणले २२ सय ७ मत प्राप्त गर्नुभएको छ ।
काँग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार उदयशम्शेर राणाले २१ सय ६७ मत प्राप्दा गर्दा रामहरि खतिवडाले २१ सय ४७ मत प्राप्त गर्नुभएको छ । नेता रमेश लेखकले २१ सय ३१ मत प्राप्त गर्नुभएको छ भने ज्ञानेन्द्रबहादुर कार्कीको २१ सय २७ मत प्राप्त गर्नुभएको छ ।
निर्वाचन समितिले केन्द्रीय सदस्यको मतगणना आइतबार नै सम्पन्न हुने जनाएको छ ।
३५ सय मतगणना हुँदा 'टप' ३५ मा कसको मत कति ?
१) डा. शशांक कोइराला – २९४०
२) एन. पी. साउद – २२६१
३) बालकृष्ण खाण – २२०७
४) उदय शमशेर राणा – २१६७
५) रामहरि खतिवडा – २१४७
६) रमेश लेखक – २१३१
७) ज्ञानेन्द्रबहादुर कार्की – २१२७
८) शंकर भण्डारी – २११२
९) जिप छिरिङ लामा – २०३५
१०) अजुर्न नरसिंह के.सी. – २०३०
११) गोपालमान श्रेष्ठ – १९५२
१२) जित जंग बस्नेत – १९३९
१३) नैन सिंह महर – १८८३
१४) सुनिल बहादुर थापा – १८८१
१५) डा. राम शरण महत – १८७५
१६) दिलेन्द्र प्रसाद बडु – १८४९
१७) मोहन बहादुर बस्नेत – १८४९
१८) बलबहादुर केसी – १८२१
१९) गोविन्द भट्टराई – १८२०
२०) कुन्दनराज काफ्ले – १७२८
२१) दिपक गिरी – १७२६
२२) सुरेन्द्र राज पाण्डे – १६८२
२३) पद्म नारायण चौधरी – १६१९
२४) गुरु बराल – १४४७
२५) राजिव ढुंगाना – १४४३
२६) सञ्जय कुमार गौतम – १४४३
२७) प्रा. डा. गोविन्द राज पोखरेल – १४२७
२८) दिनेश कोइराला – १३९४
२९) मदन बहादुर अमात्य – १३९२
३०) अजयबाबु शिवाकोटी – १३७३
३१) उमेशजंग रायमाझी – १३६३
३२) गणेश लामा – १३६०
३३) कृष्ण किशोर घिमिरे – १३३०
३४) डा. गोपाल दहित – १३२९
३५) ई. मोहन आचार्य – १३२४