logo
२०८१ मंसिर १० सोमवार

  अर्को बैठक दिउँसो ३ बजे  



माओवादी स्थायी कमिटी बैठकमा प्रचण्डको राजनीतिक प्रतिवेदन पेस

मुख्य समाचार |
राजनीति |


माओवादी स्थायी कमिटी बैठकमा प्रचण्डको राजनीतिक प्रतिवेदन पेस


काठमाडौँ, पुस ९ गते । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सम्मेलनमा पेस गर्ने राजनीतिक प्रतिवेदन पेस गर्नुभएको छ ।

बैठक पुनः शुक्रबार दिउँसो ३ बजे बस्नेगरी स्थगित भएकाे माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । प्रवक्ता महराका अनुसार दिउँसो १ बजे नेकपा मसालबाट एउटा समूह विद्रोह गरेर र नेकपा (माओवादी) बाट प्रभात चलाउनेसहितको टिम माओवादीमा प्रवेश गर्ने कार्यक्रम भएकाले बैठक स्थगित भएको हो ।

‘माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा दुई एजेन्डामा छलफल भयो’, प्रवक्ता महराले भन्नुभयो, ‘पहिलो, केही पार्टी नेकपा (माओवादी केन्द्र)मा प्रवेश गर्ने निर्णय भएको छ । नेकपा मसालबाट विद्रोह गरेर एउटा समूह प्रवेश गर्ने तयारी छ भने नेकपा (माओवादी)बाट प्रभात चलाउनेसहितको टिम प्रवेश गर्दैछ ।’

राष्ट्रिय सम्मेलनको विषयमा समेत छलफल भएको उहाँको भनाइ छ । अध्यक्ष प्रचण्डले सम्मेलनमा पेस गर्ने राजनीतिक प्रतिवेदन बैठकमा पेस गर्नुभएको हो । दिउँसो ३ बजेपछि बस्ने स्थायी कमिटी बैठकले थप निर्णय गर्ने प्रवक्ता महराको भनाइ छ ।

‘पर्सिदेखि पार्टीको राष्ट्रिय सम्मेलन हुँदैछ । अहिलेको बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गर्नुभएको छ’, प्रवक्ता महराले भन्नुभयो, ‘दिउँसा ३ बजे पुनः स्थायी कमिटी बैठक बस्छ । थप निर्णय त्यही बैठकले गर्छ ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?