logo
२०८१ मंसिर ८ शनिवार



नेपाली समाज धर्म र संस्कृतिको संगमस्थल हो : मुख्यमन्त्री पोखरेल

मुख्य समाचार |
राजनीति |


नेपाली समाज धर्म र संस्कृतिको संगमस्थल हो : मुख्यमन्त्री पोखरेल
शुभकामना व्यक्त गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल ।


पोखरा समाचारदाता
पोखरा, पुस १० गते । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले हाम्रो मुलुकमा मनाइने चाडपर्वले विविध सांस्कृतिक पहिचान बोकेका समुदायबीच सद्भाव र समन्वयका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभएको छ ।

ख्रिष्टियन समुदायको महान् पर्व क्रिसमसका अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले नेपाली समाज विविध धर्म र संस्कृतिको संगमस्थल रहेको उल्लेख गर्नुभयो ।

‘स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली ख्रिष्टियन समुदायमा यस पर्वको पावन अवसरमा सुख, सुस्वास्थ्य एवं समृद्धिको शुभकामना व्यक्त गर्दछु’, उहाँले भन्नुभयो । राजनीतिक परिवर्तनसँगै नेपालको संविधानले सबै धर्म र संस्कृतिको सम्मान र धार्मिक सांस्कृतिक स्वतन्त्रतालाई अंगीकार गरेको उहाँले बताउनुभयो ।

नेपालको संविधान २०७२ ले धर्म निरपेक्षतालाई आत्मसात गर्दै जुनसुकै धर्ममा आस्था राख्ने नागरिकप्रति भेदभाव नगर्ने उहाँको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?