logo
२०८१ मंसिर १० सोमवार



संघीयता कार्यान्वयनको नेतृत्व माओवादीले गर्नुपर्छ : अनिल झा

मुख्य समाचार |
राजनीति |


संघीयता कार्यान्वयनको नेतृत्व माओवादीले गर्नुपर्छ : अनिल झा


काठमाडौँ, पुस ११ गते । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता अनिलकुमार झाले संघीयता र समावेसीकरणको नेतृत्व माओवादीले गर्नुपर्ने बताउनुभएको छ । आइतबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशन उद्घाटन समारोहको सफलताको शुभकामना व्यक्त गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

‘संघीयता र गणतन्त्र स्थापना भएको छ । त्यसलाई कसैले हल्लाउन सक्दैन’, नेता झाले भन्नुभयो, ‘तर, संघीयता र समावेसीकरणको एजेन्डालाई उचित तरिकाले सम्बोधन गराउनमा माओवादीको नेतृत्व र बाँकी नेताको सहयोगमा सफल हुने अपेक्षा हाम्रो पार्टीले राखेको छ ।’

संघीयता आए पनि केही नआएको टिप्पणी नेता झाले गर्नुभयो ।
‘संघीयता आयो सबै चिज आयो । तर, केही पनि आएको छैन’, उहाँले भन्नुभयो, ‘हामीले मधेस आन्दोलन गर्यौँ । तर, त्यो आन्दोलनका मागको सम्बोधन आजसम्म हुन सकेको छैन ।’

माओवादी जनयुद्धमा जानुभन्दा अगाडि नै मधेसका शोषित जनताको पक्षमा आन्दोलन उठाएको उहाँले सम्झना गर्नुभएको छ । जनआन्दोलन सुरु भएपछि माओवादी केन्द्रका नेता प्रचण्डको विषयमा गरेको टिप्पणीको सम्झना गर्नुभयो । उहाँले गजेन्द्र नारायण सिंहले माओवादीलाई कहिल्यै आतंककारी नभनेको समेत सम्झना गर्नुभएको छ ।

‘गजेन्द्र नारायण सिंहले कहिल्यै पनि माओवादीलाई आतंककारी पार्टी भन्नुपर्छ भन्ने दस्तावेजमा हस्ताक्षर गर्नु भएन’, झाले उहाँको भनाइ सम्झदै भन्नुभयो, ‘उहाँले भन्नुहुन्थ्यो हामी शान्तिवादी छौँ । उहाँहरु क्रान्तिकारी हुनुहुन्छ ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?