logo
२०८१ मंसिर १० सोमवार



माओवादी महाधिवेशन औपचारिक कर्मकाण्ड होइन : नारायणकाजी श्रेष्ठ

मुख्य समाचार |
राजनीति |


माओवादी महाधिवेशन औपचारिक कर्मकाण्ड होइन : नारायणकाजी श्रेष्ठ


काठमाडौँ, पुस ११ गते । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले पार्टीको आठौं महाधिवेशन औपचारिक कर्मकाण्ड नभएको बताउनुभएको छ । आइतबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता श्रेष्ठयादवले यस्तो बताउनुभएको हो ।

नयाँ क्रान्तिकारी पार्टी निर्माणको आधार निर्माण गर्न महाधिवेशन भइराखेको उहाँको भनाइ छ । ‘महाधिवेशन औपचारिक कर्मकाण्ड होइन । नयाँ क्रान्तिकारी पार्टी निर्माणको आधार निर्माण गर्न लागेका छौँ’, श्रेष्ठले भन्नुभयो, ‘हामी नेपाली समाजको आवश्यकतालाई सम्बोधन गर्नेगरी महाधिवेशन गर्न गइराखेका छौँ । महाधिवेशनबाट हाम्रो पार्टीलाई विचार निर्माणमा अगाडि बढाउँछौँ ।’

उहाँले नेपाल बदल्न राजनीतिक पार्टी र नेता बदलिनुपर्नेमा जोड दिनुभयो । नेता श्रेष्ठले नेता बदलिए मात्र सामाजिक आर्थिक उपलब्धि प्राप्त गर्न सकिने उल्लेख गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?