logo
२०८१ मंसिर १० सोमवार



प्रचण्डले प्रस्तुत गर्नुभएको प्रतिवेदनमाथि २५ समूहमा छलफल हुने

मुख्य समाचार |
राजनीति |


प्रचण्डले प्रस्तुत गर्नुभएको प्रतिवेदनमाथि २५ समूहमा छलफल हुने


काठमाडौं, पुस १२ गते । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत सोमबार सुरु भएको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । पार्टी अध्यक्ष प्रचण्डले प्रस्तुत गर्नुभएको प्रतिवेदनमाथि २५ समूह बनाएर छलफल हुने पार्टी प्रवक्ता कृष्णबहादुर महराले बताउनुभयो ।

प्रदेशका ९ वटा समूह छन् । ज्येष्ठ कम्युनिष्ट मञ्च, सल्लाहकार समिति, विभाग, परराष्ट्र लगायत विभिन्न छुट्टा–छुट्टै २५ समूहमा राजनीतिक प्रतिवेदनमाथि छलफल हुने उहाँले बताउनुभयो । महराका अनुसार मंगलबार सारमा छलफल गरेर बुधबार छलफलको निष्कर्ष प्रस्तुत हुनेछ ।

प्रवक्ता महराका अनुसार जेष्ठ कम्युनिष्ट मञ्च र सल्लाहकारका तीन समूह बनेका छन् । जसको नेतृत्व नन्दकुमार थापाले गर्नुभएको छ।

प्रदेश १ को समूहको नेतृत्व हर्क गुरुङले गर्नुभएको छ भने प्रदेश २ मा गणेश साह हुनुहुन्छ । बागमती प्रदेशको नेतृत्व सरल सहयात्रीले गर्नुभएको छ भने गण्डकी प्रदेशको नेतृत्व गायत्री गुरुङ गर्नुभएको छ । लुम्बिनी प्रदेशको समूह नेता चक्रपाणि खनाल बन्नुभएको छ । कर्णालीमा विमला केसी समूह नेता बन्नुभएको छ भने सुदूरपश्चिम प्रदेशको समूहको नेतृत्व खगराज भट्टलाई दिइएको छ ।

जबस अमृता थापा, प्रवास समितिमा लक्ष्मण पन्त, विभागको मायाप्रसाद शर्मा टोली नेता बन्दा सम्पर्क समन्वय प्रदेशमा कृष्ण अधिकारी हुनुहुन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?