logo
२०८१ बैशाख २१ शुक्रवार



माओवादी महाधिवेशन : विधान मस्यौदा सर्वसम्मतले पारित

मुख्य समाचार |


माओवादी महाधिवेशन : विधान मस्यौदा सर्वसम्मतले पारित


काठमाडौं, पुस १७ गते । नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनबाट विधान पारित भएको छ । साे विषयमा स्थायी समिति सदस्य देवप्रसाद गुरुङले विधान पारित भएको गाेरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

शनिबार कमलादीस्थित प्रज्ञा भवनमा जारी बन्दसत्रमा स्थायी समिति सदस्य गुरुङले विधान मस्यौदामाथि आएका सुझाव र उठेका जिज्ञासामाथि उहाँले जवाफ दिनुभएपछि पार्टी विधान पारित भएको हो । 

बन्दसत्रमा उठेका सुझावहरु समेटेर विधान परिमार्जन गर्ने र केन्द्रीय समितिले अन्तिम रुप दिने गरी विधान पारित गर्न नेता गुरुङले आग्रह गर्नुभएपछि महाधिवेशनबाट पार्टीको विधान मस्यौदा सर्वसम्मतिले पारित गरेको हो ।

विधानअनुसार अब पार्टीको केन्द्रीय समिति ५० प्रतिशत खुल्ला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट चुनिनेछन् । त्यस्तै, केन्द्रीय समिति २९९ सदस्यीय बन्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?