सप्तरी, पुस १८ गते । मोटरसाइकल दुर्घटनामा परी सप्तरीमा दुई जनाको मृत्यु भएको छ । कञ्चनपुर–फत्तेपुर भित्रि सडक खण्डअन्तर्गत सप्तरीको सप्तकोशी नगरपालिका–४ तुलसी टोलमा आइतबार दुईवटा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी कञ्चनरुप नगरपालिका–७ का सुभास बस्नेत र उदयपुर चौदण्डीगढी नगरपालिका–९ भिमाटोलका २८ वर्षीय हरिशङ्कर चौधरी हुनुहुन्छ ।
दुुवै जना मोटरसाइकल चालक रहेको र उनीहरुको उपचारका क्रममा गोल्डेन अस्पताल विराटनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । कञ्चनपुरबाट फत्तेपुरतर्फ जाँदै गरेको त५प ३११८ नम्बरको मोटरसाइलकलाई विपरीत दिशाबाट आउँदै गरेको अर्को को २२ प १५५८ नम्बरको मोटरसाइकल ठोक्किँएका थिए ।
दुर्घटनामा २२ प १५५८ नम्बरको मोटरसाइकलमा सवार सुभास बस्नेतको ३० वर्षीय श्रीमती ममता सापकोटा, आठ वर्षीय छोरा सम्मर बस्नेत र एक वर्षीया छोरी सिम्रिका बस्नेत घाइते भएका छन् । त्यस्तै को २२ प १५५८ नम्बरको को मोटरसाइकलमा सवार सप्तरी सप्तकोशी नगरपलिका–९ का २६ वर्षीय रोहित चौधरीसमेत घाइते भएका छन् ।
उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो ।