काठमाडौं, पुस १९ गते । सत्तारुढ दल नेपाली काँग्रेसको सोमबार बसेको केन्द्रीय समितिको बैठकले आगामी माघ १२ हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरु मनोनयन गर्ने निर्णय गरेको छ ।
काँग्रेसले सातमध्ये छ वटा प्रदेशमा प्रदेश १ मा गोपालकुमार बस्नेत, बागमती प्रदेशमा कृष्णप्रसाद पौडेल, गण्डकी प्रदेशमा कमला पन्त, कर्णाली प्रदेशमा दुर्गाकुमारी गुरुङ, लुम्बिनी प्रदेशमा युवराज शर्मा र सुदूरपश्चिम प्रदेशमा नारायण मिश्रलाई राष्ट्रिय सभा सदस्यको उम्मेदवारमा मनोनयन गर्ने भएको हो ।
काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आजको दोस्रो केन्द्रीय कार्यसमितिको बैठकका निर्णयहरु एक विज्ञप्तिमार्फत जानकारी गराउनुभएको हो ।