logo
२०८१ मंसिर १२ बुधवार



जसपा र लोसपाले दुई–दुई उम्मेदवारको नाम टुङ्ग्याए

मुख्य समाचार |


जसपा र लोसपाले दुई–दुई उम्मेदवारको नाम टुङ्ग्याए



काठमाडौं, पुस २० गते । जनता समाजवादी पार्टी जसपाले राष्ट्रियसभा निर्वाचनका लागि दुई जना उम्मेदवारको नाम टुङ्गो लगाएको छ ।
जसपाले सोमबार प्रदेश १ को अल्पसङ्ख्यक समूहबाट हेमराज राई र प्रदेश २ को खुला समूहबाट खादिल सिद्दिकीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । जसपाले सोमबार प्रदेश १ को अल्पसङ्ख्यक समूहबाट हेमराज राई र प्रदेश २ को खुला समूहबाट मो. खालिद सिद्दिकीलाई उम्मेदवार बनाउने निर्णय गरेको नेता मनीष सुमनले जानकारी दिनुभयो ।

यसैगरी, लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले पनि राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश २ मा उम्मेदवारको नाम टुङ्ग्याएको छ । लोसपाका नेता सुरेन्द्रकुमार झाले सप्तरीका श्याम सरदार अन्य समूहबाट र महोत्तरीकी रुपाकुमारी यादवलाई महिला समूहबाट उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिनुभयो ।

यसअघि नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादी पार्टीले पनि राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी टुङ्ग्याइसकेका छन् ।

आगामी माघ १२ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । यसका लागि मङ्गलबार उम्मेदवार दर्ता हुँदैछ । सम्बन्धित प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ताका लागि बिहान १० बजेदेखि ३ बजेसम्मको समय तोकिएको छ । आयोगको निर्वाचन कार्यक्रमबमोजिम राष्ट्रियसभा सदस्यको रिक्त १९ पदका लागि माघ १२ गते मतदान हुनेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?