logo
२०८१ मंसिर १० सोमवार



राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा गठबन्धनको उम्मेदवारी दर्ता

मुख्य समाचार |
राजनीति |


राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा गठबन्धनको उम्मेदवारी दर्ता
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउँदै लुम्बिनी प्रदेश नेपाली काङग्रेसका उम्मेदवार युवराज शर्मा । तस्बिर रासस


काठमाडौं, पुस २० गते । राष्ट्रियसभा निर्वाचनका लागि लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनबाट तीन जना उम्मेदवारले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

नेपाली काँग्रेसबाट बाँकेका युवराज शर्मा, नेकपा (एकीकृत समाजवादी) पार्टीबाट पाल्पाकी राजेन्द्रलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाबाट रुपन्देहीका तुलप्रसाद विश्वकर्माले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

लुम्बिनी प्रदेशमा महिला, दलित र अन्य समुदाय गरी तीन पदका लागि निर्वाचन हुँदैछ । राष्ट्रिय सभा सदस्य निर्वाचन आगामी माघ १२ गते हुँदैछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?