logo
२०८१ मंसिर १२ बुधवार



राष्ट्रपतिसमक्ष बिमस्टेक महासचिवद्वारा शिष्टाचार भेट

मुख्य समाचार |


राष्ट्रपतिसमक्ष बिमस्टेक महासचिवद्वारा शिष्टाचार भेट
बिम्स्टेकका महासचिवसँग भेटवार्ता गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारी । तस्बिर : राष्ट्रपतिको कार्यालय


काठमाडौं, पुस २१ गते । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) का महासचिव तान्जेन लाक्फेलले आज राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

सो अवसरमा बिमस्टेक प्रक्रियालाई थप प्रभावकारी बनाई अघि बढ्न सदस्य राष्ट्रहरुबीच क्षेत्रीय सहयोग अभिवृद्धि गर्ने विषयमा कुराकानी भएको थियो । राष्ट्रपतिको कार्यालयका अनुसार त्यस अवसरमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?