काठमाडौं, पुस २३ गते ।पाँच दलीय गठबन्धन समन्वय समितिको बैठक बालुवाटारमा जारी छ । शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सरकार सञ्चालन समन्वय समितिको बैठक बसेको हो ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक सुरेश रेग्मीका अनुसार बैठकमा सत्तारुढ दलका शीर्ष नेता सहभागी हुनुहुन्छ । बैठकमा राष्ट्रिय साभ निर्वाचन, सरकार सञ्चालनलगायत विषयमा छलफल भइरहेको छ ।
आगामी माघ १२ गते १९ पदका लागि राष्ट्रिय सभाको निर्वाचन हुँदै छ । बैठकमा सत्ता गठनबन्धका राजनीतिक दलका नेताहरु सहभागी हुनुभएको उहाँले बताउनुभयो ।