logo
२०८१ मंसिर १२ बुधवार



आचारसंहिताको सूक्ष्म अनुगमन

मुख्य समाचार |


आचारसंहिताको सूक्ष्म अनुगमन


गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस २७ गते । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि सोमबारबाट आचारसंहिता लागू गरेको छ । आचारसंहिता निर्वाचन सम्पन्न नभएसम्म देशभरि लागू हुने आयोगले जनाएको छ । आयोगका सचिव गोकर्णमणि दुवाडीले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा स्वच्छता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्नका लागि निर्वाचन आयोग ऐन–२०७३ अनुसार निर्वाचन आचारसंहिता–२०७२ लागू गरेको उल्लेख गर्नुभएको छ ।

आयोगका अनुसार उक्त संहिता नेपाल सरकार र सरकारको मन्त्री, प्रदेश सरकार र मन्त्री, स्थानीय तह, नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहका कर्मचारी, सरकारी तथा अर्धसरकारी संस्थाको कार्यालय तथा कर्मचारी, सुरक्षाकर्मी, निर्वाचनमा संलग्न कर्मचारी, सार्वजनिक पद धारण गरेको व्यक्ति र निर्वाचन पर्यवेक्षकलगायतमा लागू हुनेछ ।

निर्वाचन आचारसंहिता–२०७२ को दफा ५ मा जुलुस, आम सभा, -याली, बैठक, भेला गर्दा पालना गर्नुपर्ने आचरण, सवारीसाधन प्रयोग गर्दा पालना गर्नुपर्ने आचरण, प्रचार–प्रसारमा सञ्चार माध्यमको प्रयोग गर्दा पालना गर्नुपर्ने आचरण, निर्वाचन खर्चसम्बन्धी आचरण, मौन अवधिमा पालना गर्नुपर्ने आचरण, मतदानको दिन पालना गर्नुपर्ने आचरण समेटिएको छ ।

संहिताबमोजिम आचारसंहिता पालना भए÷नभएको अनुुगमन गर्न आयोगले अनुुगमन संयन्त्र निर्माण गर्नेछ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा आचारसंहिता पालनाका लागि संयन्त्र नै गठन नभए पनि आयोगले सूक्ष्म रूपले अनुगमन गरिरहेको जानकारी दिनुभएको छ ।

संहिताको पालना नभएको अवस्थामा निर्वाचन आयोग ऐन–२०७३ बमोजिम कारबाही र सजाय हुने व्यवस्था गरिएको छ । ऐनको दफा २३ ले आयोगको आचारसंहिता उल्लङ्घन गरेका कारणबाट निर्वाचन स्वतन्त्र, स्वच्छ र धाँधलीरहित तवरबाट हुन नसक्ने कुरामा आयोग विश्वस्त भएमा उम्मेदवारी रद्द गर्न सक्ने व्यवस्था छ । राष्ट्रिय सभा सदस्यको निर्वाचन आउँदो माघ १२ गते हुँदै छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?