logo
२०८१ मंसिर ११ मंगलवार



माधव नेपाललाई कोरोना सङ्क्रमण

मुख्य समाचार |
राजनीति |


माधव नेपाललाई कोरोना सङ्क्रमण


काठमाडौं, पुस २७ गते । सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

अध्यक्ष नेपालका सहयोगी मोहन गौतमका अनुसार सोमबार भएको पीसीआर परीक्षणको रिपोर्ट मङ्गलबार आएको हो । स्वास्थ्य अवस्था सामान्य रहेको र उहाँ घरमै आराम गरिरहनुभएको गौतमको भनाइ छ । ‘सोमबार पीसीआर परीक्षणका लागि स्वाब दिइएको थियो । रिपोर्ट आज आएको हो’, गौतमले भन्नुभयो, ‘अहिले उहाँ होम आइसोलेसनमा हुनुहुन्छ ।’

सत्ता गठबन्धनको अर्को घटक नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्षनेतामा यसअघि नै सङ्क्रमण पुष्टि भएको थियो । अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलगायत नेता होम आइसोलेसनमा हुनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?