logo
२०८१ बैशाख ८ शनिवार



६३ जिल्ला अधिवेशन सम्पन्न, कहाँ कसको नेतृत्व (सूचीसहित)

एमाले जिल्ला अधिवेशन

मुख्य समाचार |
राजनीति |


६३ जिल्ला अधिवेशन सम्पन्न, कहाँ कसको नेतृत्व (सूचीसहित)
फाइल तस्बिर


काठमाडौं, माघ ४ गते । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले ६३ वटा जिल्लामा अधिवेशनमार्फत् नेतृत्व चयन गरेको छ । पुस २३ गते उद्घाटन भएको महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको हो । एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार पर्सा, सिन्धुपाल्चोक, चितवन, दैलेख र मुगु गरी पाँच जिल्लामा अधिवेशन उद्घाटन भए पनि नेतृत्व भइसकेको छैन ।

सात वटा प्रदेश सम्पर्क कमिटीमध्ये मधेस प्रदेशबाहेक छ वटामा नेतृत्व चयन भइसकेको छ । जिल्ला कमिटी सरह मानिने सात सम्पर्क कमिटीमध्ये प्रदेश नम्बर १ को अध्यक्षमा कपिलदेव ओली, बागमती प्रदेशमा अशोक ठकुरी, गण्डकीमा ऋषि कँडेल, लुम्बिनीमा नारायण पाण्डे, कर्णालीमा जेबी शाही र सुदूरपश्चिममा दलबहादुर धामी चयन हुनुभएको छ ।

चार उपत्यका विशेष कमिटीमध्ये दुई वटामा नेतृत्व चयन भएको छ । कोभिड–१९ महामारीको बढ्दो संक्रमणलाई ध्यानमा राखी अब बाँकी रहेका जिल्ला धनुषा, महोत्तरी, सर्लाही, मनाङ, मुस्ताङ, रुकुम पूर्व, रोल्पा, हुम्ला र बझाङ गरेर नौ वटा जिल्लाको अधिवेशनको मिति तय हुनेछ ।
अधिकारीका अनुसार भौगोलिक ७७ जिल्ला, सात वटा सम्पर्क कमिटी र चार उपत्यका विशेष कमिटी अधिवेशन हुनुपर्नेछ ।

सात प्रदेशमा कुन जिल्लामा कसको नेतृत्व (सूचीसहित)

प्रदेश १
धनकुटा – इन्द्रमणि पराजुली
खोटाङ – रामप्रसाद दंगाल
झापा – दीपक कार्की
मोरङ – ऋषिकेश पोखरेल
तेह्रथुम – तेजमान कन्दङ्गवा
पाँचथर – राजकुमार भण्डारी
ईलाम – महेश बस्नेत
सोलुखुम्बु – दुपराज बास्तोला
भोजपुर – शरण राई
ताप्लेजुङ – भुपेन्द्र बहादुर थेबे
ओखलढुंगा – शंकर कटुवाल
उदयपुर – प्रमेश्वर घिमिरे
संखुवासभा – जीतबहादुर घिमिरे
सुनसरी – रेवतीरमण राजभण्डारी

मधेस प्रदेश
सप्तरी – ताराकान्त चौधरी
सिरहा – बन्देश्वर मण्डल
बारा – विनोद साह
रौतहट – त्रिभुवन साह

बागमती प्रदेश
काभ्रेपलाञ्चोक – अशोक ब्यान्जु
रसुवा – कर्णेल तामाङ
नुवाकोट – बद्री मैनाली
मकवानपुर – एकलाल श्रेष्ठ
धादिङ – भूमी त्रिपाठी
भक्तपुर – बचन देउजा
रामेछाप – आनन्द श्रेष्ठ
काठमाडौं – दीपक निरौला
ललितपुर – पुरुषोत्तम आचार्य
सिन्धुली – कुमारबहादुर कार्की
दोलखा – नरबहादुर श्रेष्ठ

गण्डकी प्रदेश
गोरखा – प्रेम गुरुङ
तनहुँ – श्रीप्रसाद श्रेष्ठ
लमजुङ – कृष्णप्रसाद अधिकारी
पर्वत – राजु पौडेल
म्याग्दी – देवेन्द्र केसी
बागलुङ – हिराबहादुर केसी
नवलपरासी (सुस्तापूर्व) – मुक्ति पाण्डे
स्याङ्जा – सूर्यप्रसाद गैरे ‘पारस’
कास्की – मनबहादुर गुरुङ

लुम्बिनी प्रदेश
कपिलवस्तु – डम्मर शर्मा
दाङ – हुकुमबहादुर बस्नेत
पाल्पा – धनेन्द्रराज घिमिरे
गुल्मी – बालकृष्ण काउछा मगर
अर्घाखाँची – पिताम्बर भुषाल
बर्दिया – लालबहादुर श्रेष्ठ
नवलपरासी पश्चिम – दीपेन्द्र अधिकारी
बाँके – किस्मतकुमार कक्षपति
प्युठान – विजय बिराज बिष्ट
रुपन्देही – तेजेन्द्र केसी

कर्णाली प्रदेश
डोल्पा – शेरबहादुर बुढा
सल्यान – गोविन्द पुन मगर
जुम्ला – शान्तिलाल महत
सुर्खेत – अमृत बीसी
जाजरकोट – खिमबहादुर शाही
रुकुम पश्चिम – नन्दराज देवकोटा
कालिकोट – जसीप्रसाद पाण्डे

सुदूरपश्चिम प्रदेश
डडेलधुरा – प्रकाश साउद
बैतडी – सुरेन्द्र पाल
डोटी – चक्र मल्ल
कैलाली – रतन थापा
दार्चुला – प्रेमसिंह धामी
कञ्चनपुर – सुरेन्द्र विष्ट
बाजुरा – कालीबहादुर शाही
अछाम – चन्द्रबहादुर बोहोरा
उपत्यका विशेष प्रदेश
मजदूर विशेष – जितेन्द्र श्रेष्ठ
पेशागत विशेष – उमेश ढकाल

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?