logo
२०८० चैत्र १६ शुक्रवार



सत्ता गठबन्धन दलका नेताहरूको बैठक बालुवाटारमा सुरु

मुख्य समाचार |


सत्ता गठबन्धन दलका नेताहरूको बैठक बालुवाटारमा सुरु
फाइल तस्बिर


काठमाडौं, माघ १५ गते । पाँच दलको सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

बैठकमा राष्ट्रिय सभा निर्वाचनको समीक्षालगायत आगामी आवधिक एवम् स्थानीय तहको निर्वाचनबारे छलफल हुने सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।

संविधानको धारा २२५ र स्थानीय तहको निर्वाचनसम्बन्धी ऐन, २०७३ बाझिएपछि सत्ता गठबन्ध्नले कानुनविद्हरुसँग पनि परामर्श गर्दै आएको छ । संविधानसँग बाझिने ऐन अमान्य हुने भन्दै सो बमोजिम कानुन निर्माण गर्नुपर्नेमा गठबन्धनका दलहरुबीच छलफल हुदै आएको छ ।

बैठकमा यीलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुदैछ । बैठकमा प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवासहित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी लगायतका शीर्षनेताको उपस्थिति रहेको जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?