काठमाडौं, माघ १८ गते । निर्वाचन आयोगले २०७९ जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्न सरकार समक्ष प्रस्ताव गरेको छ ।
मंगलबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवा र आयोगका पदाधिकारीहरुबीच भएको छलफलमा आयोगका पदाधिकारीहरुले जेठ ४ गते निर्वाचन गर्न परामर्श दिनुभएको हो ।