logo
२०८० चैत्र १६ शुक्रवार



प्रधानमन्त्री देउवा, प्रचण्ड र ओलीबीच भेटवार्ता सुरु

मुख्य समाचार |
राजनीति |


प्रधानमन्त्री देउवा, प्रचण्ड र ओलीबीच भेटवार्ता सुरु


काठमाडौं, माघ २३ गते । प्रधानमन्त्री शेरबहादुर देउवा, सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता सुरु भएको छ ।

आइतबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भर्खरै भेटवार्ता सुरु भएको प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले बताउनुभयो ।

एमाले अध्यक्ष ओलीका प्रेस संयोजक रामशरण बजगाईका अनुसार भेटमा आगामी स्थानीय निर्वाचनका सम्बन्धमा तीन शीर्षस्थ नेताहरु बीच छलफल हुने जनाइएको छ । यसैगरी, शर्माले पनि संसद् सुचारु र स्थनीय तहको मिति घोषणा गर्ने सम्बन्धमा बैठकमा छलफल हुने जनाइएको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?