काठमाडौं, माघ २७ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय पदाधिकारी बैठक सुरु भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा बैठक भर्खरै सुरु भएको हो । पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले दुई दिन अघि पार्टी परित्याग गरेपछि पहिलो पटक केन्द्रीय पदाधिकारी बैठक बसेको हो ।
बैठकमा निवर्तमान अध्यक्षद्वय पशुपतिशम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनी उपस्थिति हुनुहुन्छ । बैठकमा निवर्तमान अध्यक्ष जबरा र लोहनीसँगै पार्टीका पदाधिकारी र प्रदेश समितिका अध्यक्ष सहभागी भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।
बैठकमा समसामयिक राजनीतिको समीक्षा, स्थानीय तहको निर्वाचनको तयारी लगायतका विषयमा छलफल हुने उहाँको भनाइ छ ।