काठमाडौं, माघ २९ गते । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादीका अध्यक्ष ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल जारी छ ।
प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवा, माओवादीका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच छलफल जारी रहेको जानकारी दिनुभयो ।
उहाँहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको प्रेस प्रमुख परियारले बताउनुभयो ।