logo
२०८१ मंसिर १० सोमवार



गठबन्धन संविधान रक्षाका लागि हो, कुनै परियोजनाका लागि होइन: प्रचण्ड

मुख्य समाचार |


गठबन्धन संविधान रक्षाका लागि हो, कुनै परियोजनाका लागि होइन: प्रचण्ड


काठमाडौं, फागुन १ गते । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले विगतमा संविधानको रक्षा, लोकतन्त्र र राष्ट्रियताका लागि गठबन्धन बनेको बताउनुभएको छ । माओवादीकाे २७ औं जनयुद्ध दिवसको अवसरमा काठमाडौंको पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उहाँले जुन सैद्धान्तिक र राजनीतिक मान्यता अनुरुप गठबन्धन खडा भएको हो, यो कुरा गठबन्धनको भाग्य र भविष्यसँग सम्बन्धित रहने समेत बताउनुभयो ।

'गठबन्धन सुदृढ वा कमजोर बन्ने कुरालाई त्यही मान्यता अनुरुप अघि बढाउनुपर्छ । संविधान, लोकतन्त्र राष्ट्रियताको रक्षाका लागि गठबन्धन गरिएको हो । कुनै परियोजनासँग होइन ।' अमेरिकी आर्थिक सहायता मिलिनियम् च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताप्रति लक्षित गर्दै उहाँले बताउनुभएको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्बन्धलाई नयाँ ढङ्गले परिभाषित गर्न खोजिएको बताउँदै उहाँले कुनै देश विशेषसँग गरिएको सम्झौताको आधारमा गठबन्धन नगरिएको बताउनुभयो ।

अहिलेको अवस्थामा सरकारलाई गिराउने र स्थानीय तहको निर्वाचनलाई बिथोल्न अनेक प्रकारको शक्ति लागिपरिरहेको पनि उहाँले बताउनुभयो ।

यससँगै विभिन्न चिरामा विघटित माओवादी घटकहरुलाई पनि प्रतिक्रान्ति एवम् प्रतिगमनकारीविरुद्ध आत्मसमीक्षा गर्न पनि उहाँले बताउनुभयो । आन्दोलनलाई कमजोर र विभाजित गर्ने शक्तिलाई पराजित गर्दै समाजवादको यात्रामा अघि बढ्न सकिने विश्वास हिजो जनयुद्ध सुरु गरेको समयमा जत्तिकै रहेको उहाँले दृढ विश्वास व्यक्त गर्नुभयो ।

यससँगै पुनः माओवादीमा प्रवेश गर्नुभएका दीर्घ श्रेष्ठलाई उहाँले स्वागत गर्नुभएको छ । मधेस प्रदेशमा पनि जनयुद्ध मनाउने कार्यक्रमका लागि  माओवादी अध्यक्ष प्रचण्डको आज नै जनकपुर जाने कार्यक्रम छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?