काठमाडौं, फागुन २ गते । सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले बोलाउनुभएको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको हो ।
सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाउनुभएको हो ।
बैठकमा नेपाली काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरु सहभागी हुनुहुन्छ ।