काठमाडौं, फागुन ३ गते । सत्तारुढ दल नेपाली काँग्रेसको संसदीय दलको बैठक जारी छ । बानेश्वरस्थित संसद भवन ल्होत्से हलमा काँग्रेस संसदीय दलको बैठक जारी रहेको काँग्रेस सचेतक पुष्पा भुषालले जानकारी दिनुभयो ।
सत्ता गठबन्धनका तीन दलका ९८ जना सांसदको हस्ताक्षरमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाभियोगको प्रस्ताव संसद सचिवालयमा दर्ता भएको थियो । महाभियोग प्रस्ताव पारित हुन दुईतिहाई बहुमतको सांसदको आवश्यकता पर्दछ । यसका लागि सरकारले सबै दलसँग समन्वय गर्नुपर्ने हुन्छ ।
यीलगायत समसामयिक राजनीतिक विषयमा प्रधानमन्त्री एवम् काँग्रेस सभापति तथा शेरबहादुर देउवाको सभापतित्वमा बैठक जारी छ ।