logo
२०८१ मंसिर १० सोमवार

  नेकाँ संसदीय दलकाे बैठक  



एमसीसी बुधबार बस्ने संसदकाे बैठकमा पेश हुन सक्छ : डा.महत

मुख्य समाचार |


एमसीसी बुधबार बस्ने संसदकाे बैठकमा पेश हुन सक्छ : डा.महत


काठमाडौं, फागुन ३ गते । नेपाली काँग्रेसका नेता एवं पूर्वअर्थमन्त्री रामशरण महतले भोलिको संसद् बैठकमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पेश हुनसक्ने जानकारी दिनुभयो ।

काँग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै उहाँले यो अधिवेशनमा भोलि नै पेश हुने सम्भावना रहेको जानकारी दिनुभयो ।
‘भोलिदेखि संसद् बैठक सुरु हुन्छ । संसद् बैठकमा एमसीसी भोलि नै पेश हुन्छ कि पर्सि पेश हुन्छ,’ उहाँले भन्नुभयो, ‘यो अधिवेशनमा भोलि नै पेश हुने सम्भावना छ ।’

नेता महतले एमसीसी नेपालको हितमा रहेको जानकारी दिनुभयो । ‘अहिलेसम्म धेरै देशहरुमा एमसीसी चलिरहेको छ । ती देशहरुमा न अमेरिकी सेना पुगेका छन् न कुनै हस्तक्षेप भएको छ,’ उहाँले भननुभयो, ‘हामीकहाँ मात्रै विकासका लागि आउने अनुदानबारे भ्रम फैलाइएको छ ।’

साथै, उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाले यसअघि नै फेब्रुअरी २८ भित्र एमसीसी सम्झौता संसदबाट अनुमोदान गराउने प्रतिबद्धता जनाइसक्नुभएको जानकारी दिनुभयो । त्यसका लागि अब डेढ हप्तामात्रै बाँकी रहेको उहाँले बताउनुभयो ।

प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजे बस्दैछ । बुधबारको बैठकमा एमसीसी सम्झौता छलफलका लागि पेश गर्नेबारे बैठकमा छलफल भएको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?