logo
२०८१ मंसिर १० सोमवार

  काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक  



मुस्लिम बाहेकका भातृ संगठनका कार्यसमिति विघटन (निर्णयहरू सहित)

मुख्य समाचार |
राजनीति |


मुस्लिम बाहेकका भातृ संगठनका कार्यसमिति विघटन (निर्णयहरू सहित)
फाइल तस्बिर


काठमाडौं, फागुन ३ गते । नेपाली काँग्रेसले पार्टीका विभिन्न भातृ संगठनको वर्तमान कार्यसमिति विघटन गरेको छ । मंगलबार बसेको काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भ्रातृ संस्थाहरु महिला संघ, दलित संघ, तरुण दल नेविसंघ विघटन गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो ।
मुस्मिल संघबाहेक अरु भातृ संगठनको कार्यसमिति विघटन गरेको बैठकपछि पत्रकार सम्मेलनमा प्रवक्ता महतले जानकारी दिनुभयो । विघटन गरिएका भ्रातृ संस्थामा नयाँ कमिटी ल्याइने छ भने नयाँ कमिटी ल्याउने अधिकारी पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ ।
यसैगरी, काँग्रेसले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी एक महिना देशव्यापी संगठन सुदृढीकरण अभियान चलाउने भएको छ । बैठकले यही फागुन २० गतेदेखि २० गतेसम्म संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने निर्णय भएको महतले जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?