logo
२०८१ मंसिर १० सोमवार



नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक सुरु

मुख्य समाचार |


नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक सुरु


काठमाडाैं, फागुन ४ गते । सत्ता साझेदार दल नेकपा (माओेवादी केन्द्र) को संसदीय दलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित माओवादीको संदीय दलको कार्यालयमा बैठक भर्खर सुरु भएको पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को प्रेस संयोजक सूर्य किरणले जानकारी दिनुभयो ।

बुधबार दिउँसो १ बजे प्रतिनिधिसभा संसदको बैठक पनि बस्दैछ । संसदमा अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता टेबल हुने विशेष गरी सत्ता गठबन्धनको नेतृत्व गरिरहेको काँग्रेसले जनाएको छ ।

यीलगायत समसामयिक राजनीतिक विषयमा माओवादीको संसदीय दलको बैठकमा छलफल हुने जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?