काठमाडौं, फागुन ४ गते । प्रधानमन्त्रील शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा छलफल सुरु भएको छ ।
अध्यक्ष प्रचण्डको सचिवालय अनुसार बुधबार संसदीय दलको बैठक सके लगत्तै बालुवाटार पुग्नुभएको प्रचण्ड र प्रधानमन्त्रीबीच छलफल जारी रहेको छ । प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच एमसीसीको विषयमा छलफल भइरहेका सचिवालयले जनाएको छ ।
संसदीय दलको बैठकले अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अगाडि बढाउन नसकिने निर्णय गरेको थियो ।
यता आजै बस्ने संसद् बैठकमा एमसीसी टेबल गर्ने सरकारको तयारी छ । अध्यक्ष प्रचण्डले आज संसदमा एमसीसी टेबल नगर्न अनुरोध गर्ने तर जबरजस्ती टेबल भयो भने त्यसबाट पर्ने असर व्यहोर्न तयार रहेको बताउनुभएको थियो ।