logo
२०८२ असार ४ बुधवार



फेरि काँग्रेस जिल्ला अधिवेशन दुई दिन सर्‍यो

मुख्य समाचार |
राजनीति |


फेरि काँग्रेस जिल्ला अधिवेशन दुई दिन सर्‍यो
फाइल तस्बिर


काठमाडौं, फागुन ५ गते। नेपाली काँग्रेसको १६ जिल्लाको अधिवेशन फागुन १५ गते हुने भएको छ। बिहीबार बसेको नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समिति बैठकले फागुन १३ गतेका लागि तोकिएको निर्वाचन दुई दिन पछाडि सारेको हो।

काँग्रेस निर्वाचन समितिका सचिव केशव रिजालका अनुसार पार्टी नेतृत्वको अनुरोध अनुसार जिल्ला अधिवेशनको मिति दुई दिन सारिएको हो।

काँग्रेसले यसअघि सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, नवलपुर, बाँकै, अछाम र कैलालीको निर्वाचन फागुन १३ गते गर्ने निर्णय गरेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?