काठमाडौं, फागुन ६ गते । सत्ता गठबन्धनको बैठक सकेलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा आन्तरिक छलफलमा जुट्नु भएको छ । नेपाली काँग्रेसकी संसदीय दलकी सचेतक पुष्पा भुषालले प्रधानमन्त्री देउवाले आन्तरिक छलफलमा जुट्नु भएको जानकारी दिनुभयो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवा आफ्नै पार्टीका केही मन्त्री र काँग्रेस नेताहरुसँग आन्तरिक छलफलमा जुट्नु भएको हो ।
शुक्रबार बिहान सत्ता गठबन्धनका शीर्ष नेताहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, उपेन्द्र यादवसँग एमसीसीबारे छलफल भएको थियो । आन्तरिक छलफलमा गृहमन्त्री बालकृष्ण खाँण, सञ्चालमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कानुन मन्त्री दिलेन्द्र बडू र काँंग्रेस संसदीय दलकी सचेतक पुष्पा भुषाल सहभागी हुनुहुन्छ ।
सत्ता गठबन्धनको बैठकमा अमेरिकी सहयोग परियोजना ९एमसीसी०लाई प्रतिनिधिसभा संसदमा छलफल गर्ने विषयमा छलफल भएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो । यसै विषयमा छलफल गर्न फागुन ८ गते आइतबार बिहान १० बजे पुनः गठबन्धनको बैठक बस्ने सहमति भएको छ ।
प्रधानमन्त्री देउवाले एमसीसीमा सहमति जुटाउन निरन्तर प्रयास जारी राख्दै आउनुभएको छ ।