काठमाडौं, फागुन ६ गते । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।
माओवादी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालका अनुसार केन्द्रीय कमिटी बैठक फागुन २० गतेसम्मका लागि स्थगित भएको हो ।
फागुन ८ र ९ गतेलाई बोलाइएको बैठक विशेष राजनीतिक परिस्थितिका कारण स्थगित भएको उहाँले बताउनुभयो ।