logo
२०८१ मंसिर १० सोमवार



एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक बस्दै

मुख्य समाचार |


एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक बस्दै
फाइल फाेटाे


 

काठमाडौं, फागुन ९ गते । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालयको बैठक बस्दैछ । अहिले दिउँसो १ बजे सचिवालयको बैठक बस्न लागेको पार्टीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताउनुभयो ।

आइतबारको संसद बैठकमा अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना टेबल भएपश्चात् एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले असन्तुष्टि जनाउनुभएको थियो ।

हिजो पनि एकीकृत समाजवादीका भ्रातृ सङ्गठनलगायत एमसीसी विरोधी दलहरुको प्रदर्शनका कारण बानेश्वरस्थित संसद् भवन परिसर तनावग्रस्त बनेको थियो ।

तर प्रतिनिधिसभा संसद्को बैठकपछि पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमसीसी संसदमा टेबल भए पनि पास गर्न समर्थन जनाउन नसकिने संक्षिप्त प्रतिक्रिया दिनुभएको थियो ।

एमसीसीकै कारण सत्ता गठबन्धन र एकीकृत समाजवादीबीच मत विभाजित भइरहेको अवस्थामा सचिवालयको बैठक बस्न लागेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?