काठमाडौं, फागुन १२ गते । सिंहदरबारमा भएको सत्तारुढ दलका शीर्ष नेताहरुको छलफल सकिएको छ । नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको कार्यालय सिंहदरबारमा शीर्ष नेताहरुबीच एमसीसीबारे छलफल नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड'का प्रेस संयोजक सूर्यकिरण शर्माले बताउनुभयो ।
उहाँका अनुसार बैठकमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता देव गुरुङ, नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल सहभागी हुनुहुन्थ्यो । त्यस्तै, बिहीबार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठकमा एमसीसीबारे छलफल हुने कार्यसूची छ ।