logo
२०८१ मंसिर ९ आईतवार



विमानस्थल सुरक्षा कमजोरी : गृह मन्त्रालयले बनायो ९ सदस्यीय छानबिन समिति

मुख्य समाचार |
राजनीति |


विमानस्थल सुरक्षा कमजोरी : गृह मन्त्रालयले बनायो ९ सदस्यीय छानबिन समिति
फाइल तस्बिर


काठमाडौं, फागुन १३ गते। गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा अवस्था, कमजोरी र सुधारको अध्ययनका लागि छानबिन समिति बनाएको छ।

फागुन ९ गते विमानस्थलबाट कतारको दोहा उड्न लागेको विमानमा बिना भिसा एक व्यक्ति पुगेको विषय ध्यानाकर्षण भएको भन्दै मन्त्रालयले छानबिन समिति बनाएको हो।

कतार उड्न लागेको नेपाल वायुसेवा निगमको विमानमा पासपोर्ट, भिसा बिना नै व्यक्ति पुगेको घटनाको छानबिनका लागि मन्त्रालयले समिति बनाएको जनाएको छ।

सुरक्षाको दृष्टिले अति नै संवेदनशील विषय भएको भन्दै मन्त्रालयले अध्यागमन विभागका महानिर्देशकको संयोजकत्वमा ९ सदस्यीय छानबिन समिति बनाएको हो।

समितिलाई सात दिनभित्र प्रतिवेदन तयार गर्ने समय दिएको गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता फडिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?