काठमाडौं, फागुन १३ गते । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता वामदेव गौतमबीच भेटवार्ता भएको छ ।
राष्ट्रिय राजनीतिमा देखिएका संकटका बारेमा छलफल भएको अध्यक्ष प्रचण्डका स्वीकय सचिव रमेश मल्लले जानकारी दिनुभयो।
अमेरिकी अनुदान सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना संसदमा अनुमोदन गर्ने सम्बन्धमा प्रमुख राजनीतिक दलका नेताबीच भेटघाट तीव्र बनेको छ ।