logo
२०८१ मंसिर १० सोमवार

  प्रम देउवा र ओलीबीच भेट सम्पन्न  



एमाले पुरानै अडानमा अडिग, छलफल जारी राखिने

मुख्य समाचार |


एमाले पुरानै अडानमा अडिग, छलफल जारी राखिने


काठमाडौं, फागुन १३ गते । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सपन्न भएको छ । बैठकमा नेकपा एमालले आफ्नो पुरानै अडान हामीलाई प्रतिनिधिसभा भित्र प्रवेश गर्ने द्वार खोलिदिनुहोस भन्ने माग दोहो-याएको बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकारहरुलाई बताउनुभयो ।
भेटमा प्रधानमन्त्री देउवाले एमसीसी सबैको सहमतिमा अनुमोदन गर्न चाहेको बताउनुभएको मन्त्री कार्कीले बताउनुभयो ।
प्रधानमन्त्रीले सबै दल ठूलो संघर्षका प्राप्त लोततन्त्रको यात्राका सहयात्रीे भएको र प्रजातान्त्रिक मुल्यमान्यतामा सबै एक ठाउँमा रहन जुरुरी छ भन्ने विचार राख्नु भएको थियो । साथै अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अधिकतम् सहमतिबाट पास गरेर राष्ट्रिय महत्वको विषयमा हामी एक छौं भन्ने प्रदर्शन गर्नु पर्ने बताउनु भएको मन्त्री कार्कीले जानकारी गराउनुभयो ।
बैठक पछि पत्रकारहरुसँग कुरा गर्दै एमालेका नेता प्रदीप ज्ञवालीले आफूहरुले पूरानै माग संसदमा एमालेले सहज रुपमा उपस्थित हुने बतावरण बनाउन आग्रह गरेको र त्यसका लागि एमालेले निष्काशन गरेका १४ जनाको नाम टाँस गर्नु पर्ने वा सभामुखले स्टेप डाउन गर्नु पर्ने कुरा राखेको बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?