logo
२०८१ मंसिर ९ आईतवार



एमसीसीमा व्याख्यात्मक घोषणा पारित गर्ने मन्त्रिपरिषद्को निर्णय

मुख्य समाचार |


एमसीसीमा व्याख्यात्मक घोषणा पारित गर्ने मन्त्रिपरिषद्को निर्णय
फाइल तस्विर


काठमाडौं, फागुन १५ गते । अमेरिकी अनुदान सहायता मिलिनियम च्यालेन्ज् कम्प्याक्ट (एमसीसी) परियोजना सम्बन्धी गरिएको ११ बुँदे व्याख्यात्मक घोषणा मन्त्रिपरिषद्को बैठकबाट पारित भएको छ ।

प्रतिनिधिसभाको आइतबारको पहिलो बैठकबाट एमसीसीमा सामान्य प्रस्ताव पारित पश्चात् बानेश्वरस्थित संसद भवनमा बसेको मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले बताउनुभयो ।

‘एमसीसीमा व्याख्यात्मक घोषणा पारित भयो । अब यो संसदमा पेश हुन्छ र आजै एमसीसी पारित हुन्छ ।’, उहाँले भन्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?