काठमाडौं, फागुन १५ गते । प्रतिनिधिसभा बैठकको दोस्रो बैठकको कार्यसूची सार्वजनिक भएको छ । संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले दोस्रो बैठकको कार्यसूची सार्वजनिक गर्नुभएको हो ।
कार्यसूचीको पहिलो नम्बरमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौताको प्रावधानमाथि सदनमा छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । दोस्रो नम्बरमा एमसीसी सम्झौता अनमोदनको प्रस्ताव अर्थमन्त्री शर्माले नै पेश गर्नुहुने उल्लेख छ ।