काठमाडौं, फागुन १५ गते । अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को व्याख्यात्मक प्रस्ताव संसदमा प्रस्तुत भएको छ ।
मन्त्रिपरिषदबाट पारित एमसीसीको व्याख्यात्मक प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाको आइतबारको दोस्रो बैठकमा पेश गर्नुभएको एमसीसी सम्झौतामाथिको प्रस्तावित व्याख्यात्मक घोषणा सदनमा छलफल गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरेका हुन् ।
यसअघि आजै बसेको मन्त्रिपरिषद् बैठकले एमसीसीमाथि व्याख्यात्मक प्रस्ताव पारित गरेको थियो ।
सत्तारुढ गठबन्धनले व्याख्यात्मक टिप्पणीसहित एमसीसी संसदबाट पास गर्ने निर्णय गरेको थियो ।
त्यस्तै, आइतबार बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेश गर्नुभएको एमसीसीमाथि सामान्य छलफलको प्रस्ताव बहुमतले पारित भएको थियो ।
सैद्धान्तिक छलफलपछि सभामुख अग्निप्रसाद सापकोटाले एमसीसीको सामान्य छलफलको प्रस्ताव निर्णायार्थ पेश गर्नुभएको थियो ।