logo
२०८१ मंसिर ९ आईतवार



एमसीसी सम्झौताको विरोध गर्न नमिल्ने : काँग्रेस नेता रिजाल

मुख्य समाचार |
राजनीति |


एमसीसी सम्झौताको विरोध गर्न नमिल्ने : काँग्रेस नेता रिजाल


काठमाडौं, फागुन १५ गते । सत्तारुढ नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताको विरोध गर्न नमिल्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आइतबारको दोस्रो बैठकमा एमसीसीमाथिको छलफलमा भाग लिनुहुँदै नेता रिजारले हामी आफैंले मागेको एमसीसी सम्झौताको विरोध गर्न नमिल्ने बताउनुभएको हो ।

यो अनुदान सहायता भएको र यसलाई नेपालको विकासमा उपयोग गर्न पनि विरोध गर्न नहुने उहाँले बताउनुभयो । साथै उहाँले एमसीसी आयो भने अमेरिकी कानुन आउँछ भनेर भ्रम नछर्न पनि आग्रह गर्नुभयो ।

‘हामी बाहिरबाट लिने सहायता लिन्न भन्छौं । त्यो अनुदान हो । हामीले मागेको प्रोजेक्टमा हो । अनि हामी बखेडा कसरी निकाल्छौ भने– यो आयो भने अमेरिकी कानुन लाग्छ । यो आयो भने अमेरिकाको कानुनबाट नेपालको एमसीए परिचालित हुन्छ ।’ उहाँले भन्नुभयो, ‘नेपाल बौद्धिक सम्पत्तिको अधिकार जान्छ । हामीले यसरी प्रचार गर्दा चीन र भारतबाट सहायता लिऔं । विआरआईबाट सहायता लिऔं । यो सहायता हामी एमसीसीबाट लिन्छौ भने अरु सहायता चीनबाट लिऔं । ’

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?